
काठमाडौं । युरोपा लिगको उपाधिका लागि दुई इग्लिस क्बल म्यानचेस्टर युनाइटेड र टोटनह्यामको भिड्ने भएका छन् । घरेलु लिगमा निकै निराशाजनक सिजन बिताइरहेका यी दुई टोलि युरोपा लिगको फाइनमा पुगेका हुन् ।
प्रिमियर लिगमा संघर्ष गरिरहे पनि यी दुई टोली अब च्याम्पियन्स लिगमा स्थान बनाउन एक खेल मात्रै टाढा छन् । युरोपको दोस्रो श्रेणीको प्रतियोगिता युरोपा लिगको फाइनलमा पुगेसँगै यी दुई टोलीले यस्तो अवसर पाएका हुन् । बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युनाइटेडले ओल्ड ट्राफोर्डमा एथ्लेटिक बिल्बाओलाई ४–१ ले हराउँदै समग्रमा ७–१ को जित हात पार्यो । टोटनह्याले नर्वेमा बोडो÷ग्लिम्टलाई २–० ले हराउँदै समग्रमा ५–१ को जित निकाल्यो ।
यो सँगै सन् २०१९ मा चेल्सीले आर्सनललाई हराएर उपाधि जितेपछि दोस्रोपटक युरोपा लिगमा दुई इङ्लिस क्लबबीच फाइनल हुने भएको छ । बिल्बाओविरुद्धको खेलमा युनाइटेडले पहिलो हाफमा १–० ले पछि परेको थियो । तर, मेसन माउन्ट दोस्रो हाफमा बेञ्चबाट आएर दुई गोल गरेपछि टोलीले पुनरागमन ग¥यो । कासेमिरो र रासमस होइल्यान्डले पनि गोल गरे। टोटनह्यामका लागि डोमिनिक सोलान्के र पेड्रो पोरोले बोडो÷ग्लिम्टविरुद्ध गोल गरे । फाइनल मे २१ मा बिल्बाओमा हुनेछ ।













समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात