टिडिएस मोटर र्याली तथा अटो जिमखाना

काठमाडौं । बागमती अयोजिमखाना तथा टिडिएस मोटर र्याली आगामी १४ गते आयोजना गरिने भएको छ । बागमती अटोमोवाइल्स एसोसिएसनको आयोजना र मोटोभर्स स्पोर्टस् क्लव तथा जियोन ओभरल्याण्डको व्यवस्थापनमा हुने सो मोटर र्याली तथा अटो–जिमखाना कम्पीटीसनमा कुल ३२ गाडी सहित कुल ७७ जना खेलाडी (ड्राईभर्स) कोे सहभागीता सहभाणातार रहनेछ । जहा १८ जना दक्ष मार्शल परिचालित हुनेछन् ।

बागमती प्रदेश प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग रहने सो र्याली रोयल टुलिप काठमाडी, ग्वार्को, ललितपुरबाट शुरु भई लुभू, लाकुरी भञ्ज्याङ, कुशादेवी–पनौती हुदै वनेपा स्थीत चण्डेश्वरी ड्राइभीङ्ग स्कूलमा पुगी सम्पनन हुन्छ । टि डी एस सिस्टममा हुने सो र्याली पश्चात् सोहि ड्राइभीङ्ग स्कूलमा पहिलो बागमती अटो जिमखाना आयोजना गरिनेछ जसको लागी आकर्षक अस्थायी सर्किट निमर्ण गरिनेछ । रु २ लाख प्राइज पुलको सो इभेन्ट र्यालीका विजेताहरूले शिल्ड, प्रमाणपत्र, गिफ्ट हयाम्पर पाउनेछन भने अटोजिमखानाका कूल ३ जना विजयी २ लाखका हकदार हुने छन् र एसियन अयोजिमखानाको लागी चयन हुनेछन् । जहाँ ५ भन्दा ज्यादा महिला ड्राइभर सहभागी भएमा वेस्ट फिमेल ड्राइभर्स अवार्ड समेत प्रदान गरिनेछ ।

उपत्यकाकै आकर्षक र्याली रुटमा हुने तथा नेपालकै आकर्षक र भब्य ड्राइभीङ्ग सेन्टरमा पहिलोपटक भइरहेको यस प्रतियोगीताको शुभारम्भ प्रदेशका आर्थिक मामिला मन्त्रीबाट तथा समापन र पुरस्कार वितरण बागमती प्रदेशका सदाय सचिवद्वारा गरिनेछ । रोयल टूलिप काठमाडौँ, चण्डेश्वरी ड्राइभीङ्ग स्कुल, अटो नेपाल म्यागजीन, मोटरिङ्ग नेपाल, कभच गियर्स तथा यति प्लास्टीक बनेपा यस कार्यक्रमका मुख्य पार्टनर अर्गनाइजेसन हुनेछन् ।

सहभागी दर्ताशुल्क दुवै इभन्टको जम्मा पाँच हजार मात्र रहेकोमा एक इमेन्टमा मात्र भाग लिनेले ३ हजार मात्र बुझाउनु पर्नेछ । र्यालीको टिममा २ जना ड्राइभर रहने छन् भने रेसिङ्गमा एक÷एक जना मात्रको प्रतिष्पर्धा रहनेछ । समय–दुरी–गतिको आधारमा निर्णय गरिने र्याली विश्वकै मोटर स्पोर्टसको लोकप्रिय विधा हो भने अस्थाई रूपमा तयार गरिएको सर्ट–सर्किटमा हुने रेसिङ्ग स्किल, स्पीड र एडभेञ्चरको संयोजन हो ।
नेपाल अटोमोवाइल्स एसोसिएसनद्वारा स्विकृत यस इभेन्टमा संघको मार्शल तथा ट्रेनिङ्ग कमिसनद्वारा प्राविधिक जनशक्ती परिचालन गरिनेछ । अन्तर्राष्ट्रिय सहभागीता, महिला शक्तिकरण, ड्राइभ टुरिजम, र एडभेञ्चयर स्पोर्टको संयोजन रहेको यस इभेन्टमा कुल १८ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार