
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड २ लाख २८ हजार ५ सय ६७ मत गणना भइसकेको छ ।
समाचार तयार पार्दासम्म सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४९ लाख १५ हजार ४ सय ७८ मत प्राप्त गरेको छ । यो सँगै रास्वपा समानुपातिकतर्फ ५० लाख मतको ऐतिहासिक आँकडाको निकै नजिक पुगेको हो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म १६ लाख ६४ हजार ४ सय ६२ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १३ लाख ८२ हजार ९ सय ८० मतका साथ तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४७ हजार ३ सय ३१ मत प्राप्त गरी आफूलाई चौथो स्थानमा कायम राखेको छ ।
अन्य दलहरूतर्फ श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ९० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्। त्यस्तै, जनता समाजवादी पार्टी, नेपालको पक्षमा १ लाख ६७ हजार ९१५ मत खसेको छ ।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला