मनबहादुर सार्कीको अकबरे खुर्सानी खेती

स्याङ्जा। मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गरेका छन्। उनले वार्षिक ४५ हजारमा १५ रोपनी जग्गा भाडामा लिएका हन्। यतिखेर सार्की परिवारको जीवन गुजाराको प्रमुख आधार अकबरे खुर्सानी बनेको छ। बाँदरले नखाने, बजार मूल्य राम्रो र खेती गर्न सरल हुने भएकाले उनले अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरेका हन्। “१५ रोपनी जग्गामा १५ हजार अकबरेका बोटहरु लगाएको छु,” उनले भने, “अहिले त आम्दानी लिन थालिसकेको छु।”

उनले हालसमम ८०० केजी खुर्सानी प्रतिकेजी २०० का दरले बिक्री गरिसकेका छन्। उनले छोटो अवधिमा खुर्सानी बिक्रीबाट रु १ लाख ६० हजार आम्दानी बटुलिसके। “यहाँ उत्पादित खुर्सानी बिक्रीका लागि बजारको समस्या छैन,” उनले भने, “स्थानीय र पोखराका बजारमा खुर्सानी बिक्री हँुदै आएको छ।

४ वर्ष मलेसियमा काम गरेका उनले अन्ततः आफ्नै गाउँमा खुर्सानी खेती गरी सन्तोष जनक आम्दानी गरेका छन्। बाँझो जमिनको सही सदुपयोग गर्न सकेको खण्डमा आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणको सार्कीले दिएका छन्।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट