भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख कित्ता भन्दा बढी कित्ताको लकइन अवधि भदौमा सकिने भएको छ । कम्पनीले एक सूचना जारी गरेर संस्थापक समूह, स्थानीय बासिन्दा र कर्मचारीहरुको लागि बाँडफाँड गरिएको सेयरको लकइन अवधि भदौ २ गते सकिने भएको हो ।

कम्पनीको संस्थापक समूहको ५२ लाख कित्ता, स्थानीय वासिन्दाका लागि छुट्याएको १ लाख ८३ हजार ३८९ कित्ता र कर्मचारीका लागि छुट्याएको ४० हजार कित्ता गरि कुल ५४ लाख २३ हजार ३८० कित्ता सेयरको लकइन अवधि भदौ २ गते सकिने भएको हो । उक्त सेयर भदौ २ गते पछि बिक्री वितरण गर्न सकिने कम्पनीले जनाएको छ । तर कम्पनीको सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहका कर्मचारीहरुको हकमा भने सेयर खरिद बिक्री गर्न पाइने छैन ।

फेसबुक प्रतिक्रिया