
काठमाडौं । स्नो रिभर्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतमध्ये स्थानीयका लागि छुट्याइएको ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरका ९ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरेको थियो ।
प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिएको उक्त सेयर चैत ९ गतेदेखि २३ गतेसम्म बिक्री खुला गरिएको थियो । उक्त सेयरमध्ये आधा (४ लाख ६८ हजार ७५० कित्ता) ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ८ का अति प्रभावित स्थानीयलाई र बाँकी आधा (४ लाख ६८ हजार ७५० कित्ता) अन्य प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको थियो ।
बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले वैशाख ७ गते सोमबार आईपीओ बाँडफाँड गरेको हो । बाँडफाँडमा सेयर नपरेका वा आंशिक परेको आवेदनकर्ताहरूको रकम वैशाख १० गते बिहीबारदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह