
जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा रु ३३ लाख राजस्व सङ्कलन गरेको छ। गाउँपालिकाले गत आर्थिक वर्षमा वडागत रूपमा वडा–१ बाट रु ८२ हजार, वडा – २ बाट रु एक लाख, वडा नं ३ बाट रु एक लाख ५३ हजार, वडा नं ४ बाट रु दुई लाख ६८ हजार र वडा नं ५ बाट रु दुई लाख ५८ हजार ५३१ राजस्व सङ्कलन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मायाँलक्ष्मी बुढाले जानकारी दिए।
त्यसैगरी गाउँपालिकाले मालपोत कार्यालयमार्फत रजिष्ट्रेशन शुल्कबाट रु तीन लाख १३ हजार राजस्व आर्जन गरेको छ। गुठीचौर पर्यटन प्रवर्द्धनका लागि आयोजित प्याराग्लाइडिङ महोत्सवबाट रु आठ लाख ४४ हजार राजस्व सङ्कलन भएको छ।
यसबाहेक, डोजर सञ्चालनबाट रु पाँच लाख ५९ हजार, एम्बुलेन्स सेवाबाट रु ८१ हजार र पशु शाखाबाट रु सात लाख ८४ हजार राजस्व उठेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाइ छ। चालु आर्थिक वर्षको कात्तिक महिनाको दोस्रो सातामा मात्रै गाउँपालिकाले रु नौ लाख ९७ हजार राजस्व सङ्कलन भएको गुठीचौर गाउँपालिकाले जनाएको छ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम