
काठमाडौं । ललितपुरमा लायन्स क्लब्स इन्टरनेसनल अन्तर्गतको डिष्ट्रिक्ट ३२५ एल नेपालको चौथो ऐतिहासिक महाधिवेशन सम्पन्न भएको छ। चैत्र ७ गते शनिबार आयोजित उक्त महाधिवेशन मजेस्टिक ग्रान्डमा लायन्स क्लब अफ काठमाडौँ शुभ आरम्भको आतिथ्यतामा सभ्य र भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लायन एक नारायण शर्मा, लायन गंगा देवी ढकाल तथा पास्ट इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुलाकोटीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसैगरी पास्ट इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतान, एलसीआईएफ कोअर्डिनेटर लायन राजन लम्साल, जीएटी एरिया कोअर्डिनेटर लायन शम्भु प्रसाद घिमिरे, जीएमटी कोअर्डिनेटर लायन मणिश्री रत्न बज्राचार्य, पास्ट डिष्ट्रिक्ट गभर्नरहरू, भाइस डिष्ट्रिक्ट गभर्नरहरू, डिष्ट्रिक्ट पदाधिकारी, क्लब अध्यक्ष तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।
महाधिवेशनको सफल आयोजनाका लागि आयोजक क्लबका अध्यक्ष बिन्जु श्रेष्ठसहित सुरज कार्की, राजेश श्रेष्ठ, सुरेन्द्र सांगाई लगायत सम्पूर्ण क्लब परिवारप्रति धन्यवाद व्यक्त गरिएको थियो। साथै, रजिष्ट्रेशन कमिटी संयोजक महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा कार्यरत टोली, स्मारिका प्रकाशनमा सहयोग गर्ने लायन लिडरहरू, सहयोगी संस्था तथा प्रायोजकहरूप्रति पनि कृतज्ञता प्रकट गरिएको थियो। उत्कृष्ट व्यवस्थापनका लागि मजेस्टिक ग्रान्ड परिवारलाई विशेष धन्यवाद दिइएको थियो।
महाधिवेशनबाट लायन वर्ष २०२६–२७ का लागि नयाँ नेतृत्व चयन गरिएको छ। डिष्ट्रिक्ट गभर्नर पदमा लायन तारा भुसाल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा तेजनारायण पराजुली र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन मनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। निर्वाचित नेतृत्वलाई मजेस्टिक ग्रान्डमा लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भका तर्फबाट सगुन, खादा र मालासहित बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो