
काठमाडौं । नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४७ वटा कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ६२ करोड २७ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम २१ करोड २९ लाख रुपैयाँले बढेको हो । बुधबार कारोबार रकम ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँ थियो।
सेन्सेटिभ इन्डेक्स २.६२ अंकले घटेर ४६४.७६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स १.०३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.९१ अंकले घटेको छ ।
यस दिन १२ उप समूह घटेका छन् भने १ उप समुह बढेको छ । बैंकिङ ०.८४ प्रतिशत, विकास बैंक ०.३८,वित्त ०.१०, होटल्स तथा पर्यटन समूह ०.४६, जलविद्युत ०.३८, लगानी ०.३०, जीवन बीमा ०.६७, उत्पादन र प्रशोधन ०.८८, लघुवित्त ०.३०, म्युअुचल फण्ड ०.६५, निर्जीवन बीमा ०.७३ र अन्य समूह ०.२८ प्रतिशतले घटेका छन् । व्यापार समूह ०.५९ प्रतिशतले बढेका छन्।
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य १५ प्रतिशतले बढेको छ । यस दिन मूल्य बढेका बाँकी स्टकहरुको वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४७ करोड २४ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको कारोबार रकम साढे २६ करोड रुपैयाँ नाघेको छ भने सोलु हाइड्रोपावरको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।













समाचार
नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन