सेयर बजार ३४ अंकले बढ्दा ९ अर्ब माथिको कारोबार

काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । अघिल्लो दिन पनि बढेको सेयर बजार आज ३४ दशमलव ४२ अंकले बढेर २६९४ दशमलव ८२ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.२९ प्रतिशतले धेरै हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ६५ कम्पनीको घटेको छ । एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५२ अंकले बढेर ४६२ दशमलव २७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।

नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । आज सेयर बजारमा ३१७ कम्पनीका ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर ८९ हजार ४६८ पटक खरिद बिक्री हुँदा ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज ग्रिन डेभलपेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार