याे वर्ष बारामा ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

बारा । यहाँका किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन् । कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिएका हुन् । किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल दुई हजार २०० रुपैयाँमा बिक्री गरिरहेका छन् ।

गत वर्ष प्रतिक्विन्टल तीन हजार रुपैयाँको दरले बिक्री वितरण भएको थियो । उनका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ हजार हेक्टर क्षेत्रफलमा खेती गरेको बताए । गत कृषकहरु १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरेका कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले बताए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार