सेयर बजारमा ३४ अंकको वृद्धि, कारोबार रकम १४ अर्ब माथि

काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन पनि दोहोरो अंकले बढेको बजार आज ३४ दशमलव ६१ अंकले बढेर २७९४ दशमलव ७८ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.२५ प्रतिशतले धेरै हो ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८६ अंकले बढेर ४८९ दशमलव २७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये १२ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको सेयर मूल्य मात्रै घटेको छ ।

परिसूचकसँगै आज कारोबार रकम पनि वृद्धि भएको छ । आज सेयर बजारमा १४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर ९९ पटक ५०५ पटक खरिद बिक्री हुँदा १४ अर्ब ३ करोड ४८ लाख ३९ लाख ८८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज केविएल डिबेन्चर २०९० र थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार