काठमाडौं । मार्कस रासफोर्ड सिजनभरको लोनमा ला लिगा क्लब बार्सिलोनामा पुगेको छन् । उनले बार्सिलोना पुगेपछि आफू घरमै जस्तो महसुस भइरहेको बताएका छन् ।
२७ वर्षीय इङ्लिस फरवार्ड म्यानचेस्टर युनाइटेडबाट सुरुवाती रुपमा १२ महिनाको लोन सम्झौतामा बार्सिलोनाम पुगेका हुन् । बार्सिलोनाले सन् २०२६ मा ३५ मिलियन युरोमा उनलाई स्थायी रुपमा अनुबन्ध गर्ने विकल्प पनि राखेको छ ।
ग्यारी लिनेकरपछि बार्सिलोनाले अनुबन्ध गरेको उनी पहिलो इङ्लिस खेलाडी हुन् ।
बार्सिलोनाले गत सिजन लिग र कपको दोहोरो उपाधि जितेको थियो। रासफोर्डले आफ्नो बाल्यकालदेखि खेलेको क्लब युनाइटेडका लागि गत डिसेम्बर यता खेल्न पाएका थिएनन् । प्रशिक्षक रुबेन आमोरिमले उनलाई टोलीबाट हटाएपछि उनले २०२४–२५ को दोस्रो भाग एस्टन भिल्लामा लोनमा बिताएका थिए ।
‘निकै उत्साहित छु । यो त्यस्तो क्लब हो जहाँ मान्छेका सपना पूरा हुन्छन्, यहाँ ठूला उपाधि जितिन्छन्,’ रासफोर्डले भने,’क्लबको दर्शन र मूल्य मेरो लागि धेरै अर्थ राख्छ। मलाई यहाँ घरजस्तो लागिरहेको छ। यहाँको पारिवारिक वातावरण र उत्कृष्ट खेलाडीले आफ्नो क्षमता देखाउन सक्ने ठाउँ हुनु नै यहाँ आउनुको मुख्य कारण हो ।’