घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लाग्दा दम्पतीको मृत्यु

सुर्खेत । सुर्खेतमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको हो ।

शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेको अवस्थामा उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मेसिनको तार सर्ट भएर करेन्ट लाग्दा दुवै जना गम्भीर घाइते भएका थिए । ‎घाइते दम्पतीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । ‎

उपचारकै क्रममा अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार