
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को हकप्रद सेयरमा आवेदन खुलेको छ । कम्पनीले आज मंसिर १२ गतेदेखि हकप्रद सेयर निष्काशन खुला गरेको हो ।
कम्पनीले चुक्तापुँजीको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद खुल्ला गरेको हो । कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । एलआइसी नेपालले ८८.४५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न कात्तिक ९ गते बुक क्लोज गरेको थियो । तसर्थ कात्तिक ८ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउछन् ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भई बाँडफाँड भएपछि चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम