महिला युरोकपको उपाधि इङ्ग्ल्याण्डलाई, फाइनलमा स्पेन पराजित

काठमाडौं । महिला युरो कप २०२५ को उपाधि इङ्ल्यान्डले जितेको छ । स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै इङ्ल्यान्डले उपाधि जितेको हो ।

निर्धारित र थप समय पनिमा १–१ को बराबरीपछि खेलेको निर्णय पेनाल्टी सुटआउट बाट गरिएको थियो । युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन् । उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको जित निश्चित गरिन् । स्पेन लगातार ३ पेनाल्टीमा गोल गर्न चुक्ता हाना ह्याम्पटनले दुई वटा बचाइन् ।

इङ्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा जितेको पहिलो ठूलो उपाधि हो । साथै, प्रशिक्षक सरिना विगम्यानले दुई फरक देशबाट तीन युरोपेली उपाधि जित्दै आफूलाई विश्वकै उत्कृष्ट प्रशिक्षकको रूपमा स्थापित गरेकी छन् । इङ्ल्यान्डले युरोको फाइनलमा पहिलो हाफमा पछि परेपनि जित निकाल्नेको पहिलो टोली बनेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार