
काठमाडौं । मलेसियामा जारी घरेलु टोलीसँगको २० ओभरको सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले सहज जित निकालेको छ । नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको ९२ रनको सामान्य लक्ष्य नेपाली टोलीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो । योसँगै पाँच खेलको सिरिजमा नेपालले १–१ को बराबरी गरेको छ । नेपालको जितमा पूजा महतोले सर्वाधिक ३९ रनको योगदान दिइन् । इन्दु बर्माले २७ र रुवि पोडारले १५ रन थपिन ।
मलेसियाकी आइना हमिजाले सुरुवातमै नेपालको दुई विकेट लिँदै टोलीलाई दबाबमा राखेकी थिइन् । मलेसियाका लागि आइनले दुई तथा नुर अल्या र नुर दानियाले समान एक विकेट लिए । त्यसअघि मलेसियाको वायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ९१ रनको योगफल तयार पारेको थियो । मलेसियालाई कम स्कोरमा रोक्न नेपालका लागि सुमन विष्टले २ विकेट लिइन् । कविता कुँवरले एक विकेट झारिन् । मलेसियाका लागि आइन्ना हामिजाहले नेपालविरुद्ध अर्धशतक पूरा गरिन् । विनिफ्रेडले १५ रन थपिन् ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि