
घरेलु टोली नेपाल साफ यु–२० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको समूहचरणको अन्तिम खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै समूह विजेताका रुपमा अन्तिम चारमा स्थान बनाएको हो ।
नेपालको जितमा समीर तामाङ र निराजन धामीले गोल गरे । बंगलादेशका मिराजुल इस्लामले फर्काएको गोल सान्त्वना रह्यो । १७औं मिनेटमै नेपालले सुरुआती अग्रता लियो । त्यसको दुई मिनेटपछि नै निराजन धामीले अर्को गोल थपे । पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा मिराजुल इस्लामले बंगलादेशलाई खेलमा फर्काउने प्रयास गरे । तर त्यस पछिको खेलमा दुवै टोलिबाट गोल हुन सकेन र नेपाल विजयी भयो ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई २–० ले पराजित गरेको थियो । नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । लगातार दोस्रो जितसहित नेपाल ६ अंक जोड्दै समूह विजेता बन्यो । तीन अंक जोडेको बंगलादेश समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।
यो समूहबाट श्रीलंका भने अंकविहीन रहदै समूह चरणबाट बाहिरिएको छ । नेपालले फाइनल प्रवेशका लागि अर्को समूहको उपविजेतासँग खेल्ने छ । समूह ‘बी’ मा एक खेल खेल्न बाँकी रहेको भारत तीन अंकसहित शीर्ष स्थानमा छ । दुवै खेल खेलिसकेको भुटानको पनि तीन अंक रहेको छ । शुक्रबार हुने समूह ‘बी’को अन्तिम खेलबाट नेपाल र बंगलादेशको प्रतिद्वन्दी तय हुनेछ ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक