तीन घण्टापछि एभरेजिङ भएको सेयर बजार ७ अंकले बढ्यो, कारोबार रकममा उच्च गिरावट

काठमाडौं । सोमबार सेयर बजार तीन घण्टा पछि एभरेजिङ भएको छ । कारोबार बन्द भएको १५ मिनेटमा हुनु पर्ने उक्त कार्य आज भने ३ घण्टा पछि भएको हो ।

अन्तिम कारोबारमा बढेको सेयर मूल्य १५ मिनेट पछि घट्यो भने तीन घण्टा पछि फेरि नेप्से परिसूचक बढेको छ । अन्तिममा नेप्से परिसूचक आज ७.१० अंकले बढेर २९७१.३१ विन्दुमा पुगेको हो । आज सेयर बजारमा ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०५ अंकले बढेर ५१४.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ ।

परिसूचक तीन पटक निर्धारण भएको दिन कारोबार रकममा भने गिराट आएको छ । अघिल्लो दिन २६ अर्ब माथिको कारोबार भएको बजारमा आज भने १९ अर्बमा सिमित भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर १ लाख ७९ हजार ७२६ पटक खरिद बिक्री हुँदा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार