
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उद्घाटन खेलमा काठमाडौं गुर्खाजले जित निकालेको छ । आज भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
काठमाडौंका लागि ओपनर बेन चाल्र्सवर्थ ४६ रनमा आउट भए । पहिलो खेलमा नै अर्धशतक बनाउनबाट उनी ४ रनले चुके । त्यस्तै आकाश त्रिपाठीले ४० रन बनाए भने मिलिन्द कुमारले १९ रनको योगदान दिए । जनकपुरका लागि किशोर महतो, ललित राजवंशी, अनिल साह, निकोल लोफ्टी इटन र सञ्जय कृष्णमुर्तीले १–१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारीत ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरका लागि आसिफ शेखले ५४ रनको योगदान दिए । त्यस्तै मयन यादबले ३४ रनको योगदान दिए भने लाहिरु समारकूनले २२ रनको योगदान दिए । काठमाडौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए । साहब आलम, करण केसी र सन्तोष यादबले १–१ विकेट लिए । जनकपुर गत सिजनको विजेता टोलि हो ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो