
पाल्पा । रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग अङ्कित चित्र तयार पारेर बिक्री गरेका छन् । आज नागपञ्चमी पर्वको अवसर पारेर यहाँका विद्यार्थीले अष्टनाग चित्र बनाएर विद्यालय तथा घरघरमा बिक्री गरेका हुन् ।
कक्षा ३ देखि ८ सम्म अध्ययनरत विद्यार्थी आफैँले बनाएका करिब सात सय बढी नागको चित्र बिक्री भएको प्रधानाध्यापक विजय शर्माले जानकारी दिए । “हामीले सैद्धान्तिक ज्ञानलाई मात्र नभई व्यावहारिक ज्ञान, संस्कारसहितको शिक्षा दिएका छौँ”, उनले भने, “आफूले तयार पार्न सक्ने कुरामा फजुल खर्च गर्नु हुँदैन, मौलिक संस्कृतिमा जोड दिनुपर्छ, पर्वअनुसार प्रयोगमा आउने विभिन्न ज्ञान, सीप विद्यार्थीलाई दिइरहेका छौँ ।”
विद्यार्थीले तयार पारेको चित्र अभिभावक, शिक्षक तथा स्थानीयवासीले मन पराएर खरिद गरिरहेका छन् । प्रतितस्बिर रु १० मा बिक्री गरेको कक्षा ८ मा अध्ययनरत छात्र भाष्कर विनायक गौतमले बताए । “बाहिरबाट आयातित तस्बिरलाई निरुत्साहित गर्न हामीले अष्टनागको चित्र बनाएका हौँ, छिमेकीले राम्रो मानेर किनिदिनुभयो, यसबाट जम्मा भएको रकम अहिले बचत गरेर राखेका छौँ, शैक्षिक क्षेत्रमा नै खर्चने हाम्रो सोच छ”, उनले भने ।
यस कार्यले आफ्नो संस्कृति संरक्षण र अर्कातर्फ विद्यार्थीले आम्दानी गर्ने माध्यम बनेको छ । यहाँका विद्यार्थीले घरायसी प्रयोगमा आउने डोको, नाम्लो, ढकियाजस्ता सीप सिकेका छन् । घरघरमा करेसाबारी बनाएर तरकारी लगाउने गरिरहेका छन् ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व