काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा रहेको बाल गितान्जली विद्यालयले २०८१ को एसईई परीक्षामा काठमाडौंको पूर्वी क्षेत्रमै सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । यो विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन मात्रै सफल भएन पालिका भरमै ४ जिपिए ल्याउने एक मात्रै विद्यालयले बनेको छ ।
४२ जना विद्यार्थी एसईईमा सहभागि भएको बाल गीताञ्जलीका ६ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएको विद्यालयले जनाएको छ । विद्यालयले शनिबार एसईई उत्तिर्ण विद्यार्थीहरुका लागि बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई सम्मान गरेको छ । शिक्षक, विद्यार्थी र अभिभावकको मेहनतका कारणले यो नजिता ल्याउन सफल भएको विद्यालयले जनाएको छ । कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाका मेयर मेयर उपेन्द्र कार्कीले यो विद्यालयले नगरपालिकाको मात्रै नभएर जिल्लाको पूर्वी भेगकै उत्कृष्ट विद्यालयका रुपमा परिचित रहेको बताए ।
२०५३ सालमा स्थापना भएको यो विद्यालयले यो क्षेत्रका लागि छुट्टै इतिहासनै स्थापित गरेको मेयर कार्कीको भनाइ छ ।
यो विद्यालयले कमजोर बालबालिकालाई पनि सफल बनाउन सफल भएको भन्दै संस्कार र संस्कृति तथा सीप मूलक शिक्षा प्रदान गर्ने विषयमा विद्यालय अब्बल रहेको मेयर कार्कीले बताए । उनले नगरपालिकाले सामुदायिक र निजी विद्यालयमा विभेद नगर्ने भन्दै पालिकाले सबै विद्यालयलाई सहयोग गरेर नगरपालिका भित्र ‘नो एनजी’ कायन गर्ने योजना लिएको पनि जानकारी दिए । अनुशासन र लगनशिलता नै व्यक्तिको गहना भएकाले त्यस विषयमा गिताञ्जलीले निकै राम्रो काम गरेको भन्दै उनले विद्यालयको प्रशंसा समेत गरे ।
त्यस्तै नगरपालिकाका उपमेयर सान्ता थापाले विद्यार्थीहरुले सहि र गतल छुट्याएर निर्णय लिनु पर्ने बताइन् । गीताञ्जलीका विद्यार्थीले नगरपालिका र अभिभावकको शिर झुक्ने काम नगर्ने समेत उनको विश्वास थियो । ‘यो उमेरमा विद्यार्थीहरुले गतल बाट पनि लिन सक्ने भएकाले अभिभावक र शिक्षकहरुले सही बाटोमा हिड्नका लागि सिकाउनु पर्छ,’ उनले भनिन् । अनुशासन नै व्यक्तिको व्यक्तित्व भएकाले सबैले त्यसमा ध्यान दिनु पर्ने उनको भनाइ थियो ।
त्यस्तै कार्यक्रममा नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष प्रकाश फ्युयाँलले एसईई पछि शिक्षाको धेरै ढोका खुल्ने भएकाले अझै धेरै ज्ञान हासिल गर्नु पर्ने बताए । नगरपालिकाले आर्थिक रुपमा कमजोर भएका बालबालिकाहरुको शिक्षाको अवस्थामा पनि सुधार ल्याउनु पर्ने बताए । निजी विद्यालयलको महेनत धेरै भएकाले नतिजा राम्रो आएको भन्दै उनले सामुदायिक विद्यालयको नतिजा पनि सुधार गर्ने तर्फ ध्यान दिनु पर्ने बताए । प्रमाणपत्र भन्दा पनि व्यवहारीक ज्ञानको खाँचो रहेको उनको भनाइ थियो ।
शिक्षक शिक्षिकाहरुको अध्ययन गराउने शैली र विद्यार्थीलाई गर्ने व्यवहारका कारण पनि उत्कृष्ट नतिजा ल्याउन सफलता मिलेको अभिभावक तथा विद्यार्थीहरुको भनाइ छ । अभिभावक महेश्वर चापागाईले सबैको मेहनतका कारण विद्यालयले राम्रो नतिजा ल्याउन सफल भएको बताए । ‘विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीको मेहनतले गर्दा मेरो बच्चाले पनि राम्रो नतिजा ल्याउन सफल भएको मेरो बुझाइ हो,’ उनले भने । शिक्षाको क्षेत्रमा यो विद्यालयले निकै प्रेरणादायि काम गरिरहेको उनको भनाइ छ ।
त्यस्तै २०८१ सालको एसईईमा ४ जिपिए ल्याउन सफल भएका विद्यार्थी विवेक अधिकारीले १० वर्ष गीताञ्जली विद्यालयमा निकै रमाइला पलहरु विताएको सुनाए । बाल्यकाल देखिनै यो विद्यालयमा आएका अधिकारीले आफ्नो दोस्रो घरका रुपमा विद्यालयमा व्यवहार भएको अनुभव गरेको बताए । विद्यार्थीको नतिजामा शिक्षक, शिक्षिकाको मेहनतको महत्व निकै महत्वपूर्ण हुने बताएका अधिकारीले विद्यालयमा आफूले पारिवारिक वातावरण पाएको बताए ।
विद्यालयका प्रधानाध्यापक महेन्द्र राज घिमिरेले यो सफलता सबैको सहयोगले हासिल भएको बताए । नितिजा विद्यार्थीको मेहनत र लगनशीलतामा भर पर्ने बताएका घिमिरेले शिक्षकले बाटो मात्रै देखाउने बताए । विद्यालयलाई सबैले सहयोग गरेको र विद्यार्थीको मेहनतका कारण यो नतिजा हासिल गर्न सफल भएको उनको भनाइ छ । कार्यक्रममा एसईई उत्तिर्ण विद्यार्थी, विद्यालयका शिक्षक, कर्मचारीहरुलाई समेत सम्मानित गरिएको थियो ।