
काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा रहेको बाल गितान्जली विद्यालयले २०८१ को एसईई परीक्षामा काठमाडौंको पूर्वी क्षेत्रमै सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । यो विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन मात्रै सफल भएन पालिका भरमै ४ जिपिए ल्याउने एक मात्रै विद्यालयले बनेको छ ।
४२ जना विद्यार्थी एसईईमा सहभागि भएको बाल गीताञ्जलीका ६ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएको विद्यालयले जनाएको छ । विद्यालयले शनिबार एसईई उत्तिर्ण विद्यार्थीहरुका लागि बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरुलाई सम्मान गरेको छ । शिक्षक, विद्यार्थी र अभिभावकको मेहनतका कारणले यो नजिता ल्याउन सफल भएको विद्यालयले जनाएको छ । कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाका मेयर मेयर उपेन्द्र कार्कीले यो विद्यालयले नगरपालिकाको मात्रै नभएर जिल्लाको पूर्वी भेगकै उत्कृष्ट विद्यालयका रुपमा परिचित रहेको बताए ।
२०५३ सालमा स्थापना भएको यो विद्यालयले यो क्षेत्रका लागि छुट्टै इतिहासनै स्थापित गरेको मेयर कार्कीको भनाइ छ ।
यो विद्यालयले कमजोर बालबालिकालाई पनि सफल बनाउन सफल भएको भन्दै संस्कार र संस्कृति तथा सीप मूलक शिक्षा प्रदान गर्ने विषयमा विद्यालय अब्बल रहेको मेयर कार्कीले बताए । उनले नगरपालिकाले सामुदायिक र निजी विद्यालयमा विभेद नगर्ने भन्दै पालिकाले सबै विद्यालयलाई सहयोग गरेर नगरपालिका भित्र ‘नो एनजी’ कायन गर्ने योजना लिएको पनि जानकारी दिए । अनुशासन र लगनशिलता नै व्यक्तिको गहना भएकाले त्यस विषयमा गिताञ्जलीले निकै राम्रो काम गरेको भन्दै उनले विद्यालयको प्रशंसा समेत गरे ।
त्यस्तै नगरपालिकाका उपमेयर सान्ता थापाले विद्यार्थीहरुले सहि र गतल छुट्याएर निर्णय लिनु पर्ने बताइन् । गीताञ्जलीका विद्यार्थीले नगरपालिका र अभिभावकको शिर झुक्ने काम नगर्ने समेत उनको विश्वास थियो । ‘यो उमेरमा विद्यार्थीहरुले गतल बाट पनि लिन सक्ने भएकाले अभिभावक र शिक्षकहरुले सही बाटोमा हिड्नका लागि सिकाउनु पर्छ,’ उनले भनिन् । अनुशासन नै व्यक्तिको व्यक्तित्व भएकाले सबैले त्यसमा ध्यान दिनु पर्ने उनको भनाइ थियो ।
त्यस्तै कार्यक्रममा नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष प्रकाश फ्युयाँलले एसईई पछि शिक्षाको धेरै ढोका खुल्ने भएकाले अझै धेरै ज्ञान हासिल गर्नु पर्ने बताए । नगरपालिकाले आर्थिक रुपमा कमजोर भएका बालबालिकाहरुको शिक्षाको अवस्थामा पनि सुधार ल्याउनु पर्ने बताए । निजी विद्यालयलको महेनत धेरै भएकाले नतिजा राम्रो आएको भन्दै उनले सामुदायिक विद्यालयको नतिजा पनि सुधार गर्ने तर्फ ध्यान दिनु पर्ने बताए । प्रमाणपत्र भन्दा पनि व्यवहारीक ज्ञानको खाँचो रहेको उनको भनाइ थियो ।
शिक्षक शिक्षिकाहरुको अध्ययन गराउने शैली र विद्यार्थीलाई गर्ने व्यवहारका कारण पनि उत्कृष्ट नतिजा ल्याउन सफलता मिलेको अभिभावक तथा विद्यार्थीहरुको भनाइ छ । अभिभावक महेश्वर चापागाईले सबैको मेहनतका कारण विद्यालयले राम्रो नतिजा ल्याउन सफल भएको बताए । ‘विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीको मेहनतले गर्दा मेरो बच्चाले पनि राम्रो नतिजा ल्याउन सफल भएको मेरो बुझाइ हो,’ उनले भने । शिक्षाको क्षेत्रमा यो विद्यालयले निकै प्रेरणादायि काम गरिरहेको उनको भनाइ छ ।
त्यस्तै २०८१ सालको एसईईमा ४ जिपिए ल्याउन सफल भएका विद्यार्थी विवेक अधिकारीले १० वर्ष गीताञ्जली विद्यालयमा निकै रमाइला पलहरु विताएको सुनाए । बाल्यकाल देखिनै यो विद्यालयमा आएका अधिकारीले आफ्नो दोस्रो घरका रुपमा विद्यालयमा व्यवहार भएको अनुभव गरेको बताए । विद्यार्थीको नतिजामा शिक्षक, शिक्षिकाको मेहनतको महत्व निकै महत्वपूर्ण हुने बताएका अधिकारीले विद्यालयमा आफूले पारिवारिक वातावरण पाएको बताए ।
विद्यालयका प्रधानाध्यापक महेन्द्र राज घिमिरेले यो सफलता सबैको सहयोगले हासिल भएको बताए । नितिजा विद्यार्थीको मेहनत र लगनशीलतामा भर पर्ने बताएका घिमिरेले शिक्षकले बाटो मात्रै देखाउने बताए । विद्यालयलाई सबैले सहयोग गरेको र विद्यार्थीको मेहनतका कारण यो नतिजा हासिल गर्न सफल भएको उनको भनाइ छ । कार्यक्रममा एसईई उत्तिर्ण विद्यार्थी, विद्यालयका शिक्षक, कर्मचारीहरुलाई समेत सम्मानित गरिएको थियो ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू