कार्यकक्षमा थुनिए थारु आयोगका कार्यवाहक अध्यक्ष

काठमाडौं । थारु आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कार्यकक्षमै थुनेकी छन् । सिंह कार्यकक्षमा रहेका बेला मोदीले बाहिरबाट तालाबन्दी गरेकी हुन् ।

आयोगमा मोदीको बिदालाई लिएर विवाद देखिएको थियो । उनी एक महिनादेखि सम्पर्कविहीन रहेको कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले यसअघि बताएका थिए । मोदीले गत असार १३ गते आफ्नो चालकलाई पत्र पठाएर एक साताका लागि बिदा बसेको जानकारी गराएकी थिइन् । तर एक महिना बढी भइसक्दा पनि मोदीसँग सम्पर्क हुन नसकेको थारुको भनाई थियो ।

तालाबन्दी गरेकी मोदीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अहिले खोलिदिएको हो, निस्केपछि फेरि लगाउँछु ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार