
धरान । मौलिक तथा जातीय भेषभुषा, साँस्कृतिक प्रर्दशनी, जातीय परिकार सहितको अर्गानिक खाद्यान्नलाई प्राथमिकता दिएर आयोजना गरिएको “सङ्गीत जात्रा–२०८१” सुरु भएको छ । “गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन” भन्ने मूल नाराका साथ धरान उपमहानगरपालिकामा आईतबारबाट पुस १७ गतेसम्म धरान–१५ बगरकोटमा सङ्गीत जात्रा, सांस्कृतिक महोत्सव सुरु भएको हो ।
सङ्गीत जात्राको पहिलो दिन धरान–१५ को वडाध्यक्ष नरेश ईवारमले उद्धघान गरेका थिए । यस महोत्सवले धरानको खस्कँदो अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास रहेको वडाध्यक्ष ईवारमले बताए । महोत्सवमा मौलिक र जातीय भेषभूषासहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकारसहितको अर्ग्यानिक खाद्यान्नहरुलाई प्रोत्साहन गरिएकोले धरानलाई चिनाउन यसले मद्दत थप गर्ने उनले बताए ।
महोत्सवको पहिलो दिन किरातहरुको साकेला नाच र लिम्बुहरुको च्याब्रुङ नाच प्रदर्शन गरिएको थियो भने महोत्सव अवधिभर थप मनोरन्जन प्रदान गर्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती गरिने भएको छ । नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजना र सह आयोजक त्रिवेणी महिला समूह रहेको महोत्सवको संयोजक तथा सल्लाहकार दीपचन्द्र राईले बताए । महोत्सवमा दैनिक ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने उनले बताए ।
आयोजक नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईको सभापतित्वमा भएको उक्त उद्घाटन कार्यक्रममा मजदुर नेता भीम ज्वाला राई, सुनसरी उद्योग वाणिज्य संघका सचिव किशन मास्के लगायतले शुभकामना प्रदान गरे । महोत्सव अवधिभर कलाकारहरु सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), रकहेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहने छ ।
महोत्सवलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चाहरूदेखि सबै उमेर समूहका नागरिक रमाउन सक्ने खेलको व्यवस्था रहेको छ भने महोत्सवमा ५० वटा स्टल रहेको आयोजकले जनाएको छ। महोत्सवमा प्रवेश गर्न २ सय रुपैंया टिकट लाग्ने संयोजक राईले बताए । यस महोत्सवबाट बचेको रकम सामाजिक काममा सदुपयोग गरिने उद्देश्यका साथ आयोजना गरिएको र महोत्सवमा कानुन विपरीतको कुनै पनि काम नगर्ने संयोजक राईले बताए ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना