
काठमाडौं । “हिमालयन सांगीतिक धमाका” २०२४ कार्यक्रमको तयारी सबै पूरा भएको छ । विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ शेर्पा संघ दक्षिण कोरियाले कोरियाली चाड छुसकको अबसरमा आयोजना गर्न लागेको “हिमालयन सांगीतिक धमाका” २०२४ कार्यक्रमको तयारी पूरा भएको हो ।
२०२४ सेप्टेम्बर १७ तारिख दक्षिण कोरियाको राजधानी सोलमा आयोजना गरिने भएको जनाइएको छ । सेप्टेम्बर १७ तारिख दिउँसो १ बजेबाट हुने उक्त कार्यक्रमको प्रवेश शुल्क ३५ हजार कोरियन वन तोकिएको छ । कार्यक्रम स्थलसम्म पुग्नका लागि दोङ्देमुनबाट यातायातको समेत व्यवस्था गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया समन्वयमा हुने हिमालयन साङ्गीतिक धमाका २०२४ कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीलाई शेर्पा संघ दक्षिण कोरियाले सहभागिताका लागि आमन्त्रण समेत गरेको छ ।
नेपालका चर्चित कलाकारहरू निमा रुम्बा, अस्मिता अधिकारी, मिङ्मा शेर्पा, गिटारिस्ट सुनिल शाक्य, डिजे एपि तेन्जिङ शेर्पा, लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक थुतुङ गेल्जे शेर्पाले जानकारी दिए ।













समाचार
लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग
कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
बाजुरामा दसैँको चहलपहल: बजारमा भीड, खेतमा व्यस्त किसान
नवरात्रको पाचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
मनसुन बाहिरियो, स्थानीय वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलर र युरो सस्तीयो, पाउण्ड मंहगो हुँदा कुन देशको विनिमयदर कति ?