देशभरका जनप्रतिनिधिहरु घरपझोङमा भेला हुँदै, जलवायु परिवर्तन सम्मेलन आयोजना हुँदै

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा देशभरका सबै जनप्रतिनिधिहरु उपस्थित हुने भएका छन् । जलवायु परिवर्तन सम्मेलनमा देशभरका ७५३ वटा पालिकाका जनप्रतिनिधिहरु त्यहाँ उपस्थित हुने भएका हुन् ।

गाउँपालिकाले सबै पालिकाका प्रमुखहरुलाई सम्मेलनमा आमन्त्रण गरेको हो । गाउँपालिकाले जलवायु परिवर्तनका कारणले देशव्यापी रुपमा भइरहेको असरका विषयमा एक्यबद्धता आवश्यक परेकाले सम्मेलनको आयोजना गरेको जनाएको छ । गाउँपालिकाले सबै पालिकाहरुका लागि पठाएको पत्रमा शालिग्राम पाइने एक मात्रै नदी कालीगण्डकी र मुक्तिनाथ मन्दिरको काखमा रहेको गाउँपाकिा उक्त सम्मेलनमा सबै पालिकाका प्रमुखहरुलाई आमन्त्रण गरेको हो ।

उक्त सम्मेलन भदौ ३१ गते जोमसोम कभडैहलमा आयोजना हुने गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनले जानकारी दिए । आफूहरु उक्त सम्मेलनको आयोजनाका लागि अहिले तयारी अवस्थामा रहेको उनको भनाइ छ । उनले आफूहरु सबै पालिकाका प्रमुखहरुलाई स्वागत गर्नका लागि तयार रहेको उनले बताए । गाउँपालिकाले सम्मेलनमा उपस्थिति हुने स्थानीय तहका प्रमुख र एक जना सवारी चालकको नाम भदौ २० गतेसम्म उपलब्ध गराउन पनि आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार