प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्सको विजेता, रिस्ता मेरो डान्स युनिभर्स

काठमाडौं । मेरो भ्वाइस युनिभर्स सिजन– २ को विजेता प्रथम गुरुङ बनेका छन् । यस्तै मेरो डान्स युनिभर्स सिजन– २ को विजेता रिस्ता गुरुङ भएकी छन् ।

इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन– २ को ग्राण्ड फिनालेमा दुवै जनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही एक करोड रुपैयाँ नगद पुरस्कारसहित २५ लाख रुपैयाँ बराबरको जीवन बीमा, हवाई टिकटका साथमा विभिन्न पुस्कार प्राप्त गरेका छन् ।

मेरो डान्स युनिभर्सको फस्ट रनरअप भई अमृता राईले २५ लाख रुपैयाँ नगदसहित सिटिजन्स लाइफबाट २० लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गरेकी छन् । सेकेन्ड रनरअप भई सीतु महर्जनले १० लाख रुपैयाँसहित सिटिजन्स लाइफबाट १५ लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गरेकी छन । थर्ड रनरअप सुरज सिंजाली मगरले ६ लाख नगदसहित सिटिजन्स लाइफबाट १० लाखबराबरको जीवन बीमा तथा फोर्थ रनरअप सुशना कोइरालाले पाँच लाख नगद, सिटिजन्स लाइफबाट १० लाखबराबरको जीवन बीमा प्राप्त गरेका छन् । फिप्थ रनरअफ साजन पाख्रिन तामाङले नगद चार लाख र सिटिजन्स लाइफबाट १० लाखबराबरको जीवन बीमा प्राप्त गरे ।

यसैगरी मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप भई टोपराज तामाङले २५ लाख नगदसहित २० लाखबराबरको जीवन बीमा तथा सेकेन्ड रनरअप जुनु प्रसाईंले १० लाख र १५ लाखबराबरको जीवन बीमा प्राप्त गरिन् । थर्ड रनरअप वाङ्गे गुरुङले ६ लाख र सिटिजन्स लाइफबाट १० लाखबराबरको जीवन बीमा, फोर्थ रनरअप प्रशान्त पोखरेलले पाँच लाख नगद, १० लाखबराबरको बीमा तथा फिप्थ रनरअप दीपराज राईले नगद ४ लाख तथा सिटिजन्स लाइफबाट १० लाखबराबरको बीमा प्राप्त गरेका छन् ।

कल्चरल ग्रुप डान्स प्रतिस्पर्धामा भुटनिज रेफुजी डान्स ग्रुपले विजेता भई २५ लाख र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ भने फस्ट रनरअप कल्चरल ग्रुप डान्समा मनास्लु वर्ड कलेजले १५ लाख प्राप्त गरेको छ । त्यसैगरी, युमा महारानी नृत्य समूह सेकेन्ड रनरअप हुन सफल भई १० लाख प्राप्त गरेको छ । थर्ड रनरअप भएर नेपाल प्रहरीले पाँच लाख प्राप्त गरेको छ भने सामूहिक नृत्यतर्फ तरेली सांस्कृतिक ग्रुपले फोर्थ अनरअप भई तीन लाख पुरस्कार प्राप्त गरेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार