
पोखरा। नेपाली चलचित्र ‘पुर्खाको थलो’ आगामी जेठ ३ गते शनिबार पोखरास्थित श्री कृष्ण चलचित्र मन्दिरमा प्रदर्शन हुने भएको छ। ओम प्रकाश गुरुङको लेखन, सम्पादन र निर्देशन रहेको चलचित्र मुनाल फिल्म प्रा. लिको व्यानरमा बनेको हो । मुनाल फिल्म ब्यानरको निर्माण भएको यो आठौँ चलचित्र हो।
निर्देशक गुरुङले देश छाडेर बिदेसिने प्रवृत्तिले गहिरो सामाजिक परिवर्तन ल्याइरहेका बेला, त्यसको भावनात्मक प्रभाव र आफ्नो पहिचानप्रतिको सम्झनालाई समेट्दै चलचित्र निर्माण गरेको बताएका छन् । त्यसै गरि निर्मात्री कुबिना गुरुङले चलचित्रले पुर्खा–प्रेम र थलोप्रतिको आत्मीय सम्बन्धलाई उजागर गर्ने दाबी गरेकी छिन् ।
निर्माणमा कुबिना गुरुङसंगै दिल घले, उत्तर बहादुर गुरुङ, खिम कुमारी गुरुङ र जोग माया गुरुङ रहेका छन् । त्यस्तै पिटर गुरुङ, खेमेन्द्र गुरुङ र जलन गुरुङले छायाँकनको काम सम्हालेका छन्। गणेश मान घले, लक्ष्मी गुरुङ, ओम प्रकाश गुरुङमा मुख्य भूमिका रहेको चलचित्रमा डि.बी. गुरुङ, लाल शोभा गुरुङ, गणेश गुरुङ, सुस्मा गुरुङ, उत्तर बहादुर गुरुङ, कविता गुरुङ, अमिर गुरुङ, खिम कुमारी गुरुङ, राजेन्द्र अधिकारी, गम बहादुर गुरुङ, जोया गुरुङ, सुन देवी गुरुङ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । गुरुङ चलचित्र उद्योगमा छोटो समयमै प्रभाव छोड्न सफल ओम प्रकाश गुरुङ लामो समयपछि पर्दामा देखिएका छन्। उनको यो चौथो चलचित्र हो।
चलचित्रको प्रकाश व्यवस्थापन सरोज गुरुङ, गोपी गुरुङ र यम गुरुङले गरेका छन्। भेषभूषा गोमा गुरुङले तयार गरेकी हुन् भने श्रृंगार राजकुमार गुरुङ र जय गुरुङको रहेको छ। पार्श्व संगीत बिनोद रसाइलीले दिएका छन्, र संगीत संयोजन गम बहादुर गुरुङ (गोरे) र बिनोद रसाइली नै ले गरेका हुन् । त्यस्तै नृत्य निर्देशन नेत्र बहादुर गुरुङले गरेका छन् र ड्रोन छायाँकन सन्देश गुरुङ, सूर्य सुनुवार र पुष्कर थापाले सम्हालेका छन्।
निर्माण पक्षका अनुसार, नेपालमा प्रदर्शनपछि चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनपनि हुनेछ। जुन १ तारिख हङकङ र बेलायतमा, र जुलाई ६ तारिख जापानको योकोहामा शहरमा प्रदर्शन हुने बताइएको छ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू