काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज सेयर बजार १८.०२ अंकले घटेर २७३९.९५ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०६ अंकले घटेर ४७१.१९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटा उपसूचकको सेयर मूल्य मात्रै बढेको छ । आज सेयर जबारमा २०८ कम्पनीको सेयर मूल्य घटेको छ भने ४१ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।
आज सेयर बजारमा साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर ५८ हजार १०५ पटक खरिद बिक्री हुँदा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर बजारमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । आज विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।