काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) विभिन्न पदमा कर्मचारी माग गरेको छ । बोर्डले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो ।
बोर्डले सहायक निर्देशक ३ जना र वरिष्ठ सहायक २ जना गरी कुल ५ जना कर्मचारीको आवेदन माग गरेको छ । सहायक निर्देशक अधिकृत तृतीय श्रेणीको पद हो भने वरिष्ठ सहायक सहायक प्रथम श्रेणीको पद हो ।
तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आज भदौ १३ गतेदेखि असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर अजोज ९ गतेसम्म आवेदन दिन सक्नेछन् । परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ भने उक्त परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ ।
