काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्वचालित प्रणालीले भारित औसत मूल्यका आधारमा सेयरबजार परिसूचक गणना गर्ने गरेको स्पष्ट पारेको छ।
नेप्से सूचकांक गणना सम्बन्धमा जनचासोलाई सम्बोधन गर्न नेप्सेले विज्ञप्ति गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। ‘नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि ३ बजेसम्म प्रत्येक कारोबारको कारोबार मूल्यलाई सूचीकृत शेयर संख्याले गुणा गरी नेप्से सूचकांक गणना गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।
नेप्सेको विज्ञप्तिअनुसार अपराह्न ३ बजेपछि भने नेप्सेको स्वचालित प्रणालीले प्रत्येक कारोबार मूल्य र कारोबार भएका सेयर संख्याबाट भारित औसत मूल्य निकालेर सोका आधारमा नेप्से सूचकांक गणना गर्छ।