बीमा प्राधिकरणको अध्यक्ष बन्न पूर्वसचिव सहित १३ जनाको आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जनाको आवेदन परेको छ । सरकारले गठन गरेको अध्यक्ष छनोट सिफासिर समितिका अनुसार अन्तिमदिनसम्म १३ जनाले आवेदन दिएका हुन् ।

प्राधिकरणको अध्यक्ष बन्नका लागि पूर्व सचिव देखि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसम्म छन् । प्राधिकरणको अध्यक्ष बन्नका लागि पूर्व सचिव महेश्वर न्यौपानेले पनि आवेदन दिएका छन् । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकालले समेत प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका छन् ।

त्यस्तै अन्य आवेदनकमा बिक्रान्त पाण्डे तत्कालिन युनाइटेड इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत (लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओ) रमेश भट्टराई, कर्जा सूचना केन्द्रका पूर्व कार्यकारी निर्देशक बिष्णु बाबु मिश्र समेत रहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार