
काठमाडौं । बीबीसीको अमेरिकी साझेदार सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार अमेरिकी विशेष फौजका सैयौँ सैनिक मध्यपूर्व क्षेत्रमा पुगेका छन् । रिपोर्टअनुसार अमेरिकी नेभी सिल्स, अमेरिकी आर्मी रेन्जर्स र प्याराट्रुपर्स (हवाईमार्गबाट झर्ने सैनिक) त्यहाँ तैनाथ भइसकेका छन् । साथै अमेरिकी मरीन फौज पनि यो क्षेत्रमा उपस्थित रहेको जनाइएको छ ।
स्रोतहरूलाई उदृत गर्दै सीबीएसले जनाएअनुसार यी सैनिकहरूको तैनाथीको उद्देश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानसँग सम्बन्धित सम्भावित कारबाहीका विकल्पहरू उपलब्ध गराउनु हो ।
सम्भावित विकल्पहरूमा होर्मुज जलघाँटी खोल्ने, खार्ग टापुबाट तेल नियन्त्रण गर्ने वा इरानको समृद्ध युरेनियम भण्डारमाथि नियन्त्रण गर्ने अभियानसमेत पर्न सक्छन् । अमेरिकी केन्द्रीय कमानले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । यसअघि शनिबार सेन्टकमले ३ हजार ५ सय नौसैनिक र मरीन यूएसएस ट्रिपोलीमा सवार भएर मध्यपूर्व पुगेको जानकारी दिएको थियो ।













समाचार
नाडा अटो शोमा सुजुकीको विशेष अफरः २ लाखसम्मको नगद छुट पाउने अवसर
विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल
मनसुनयता सरदरभन्दा कम वर्षा
गाईजात्रा अघि नै बाजाको धुनबाट भक्तपुर गुञ्जायमान
कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
संखुवासभा गोल्डकप १४ कात्तिकदेखि, पुरस्कार राशी पाँच लाख
आन्तरिक राजस्व कार्यालयद्वारा दुई अर्ब ३१ करोड राजस्व सङ्कलन
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
सगरमाथा आरोही संघको अध्यक्षमा पोखरेल निर्वाचित