काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको बजार बन्द हुँदा परिसूचक ११.३२ अंकले घटेर २७०८.४५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.३६ अंकले घटेर ४६७.४६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको मात्रै बढेको छ ।
आज सेयर बजारमा ४ अर्ब ४० करोड माथिको कारोबार भएको छ । आज ३३४ कम्पनीका १ करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर ५८ हजार ८७ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।