काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफावाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिकवर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५.७८९५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीहरुलले पाउनेछन् ।