
काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६२३ दशमलव ८३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.४४ प्रतिशत अर्थात ३७ दशमलव ८१ अंक बढेर २६६१ दशमलव ६४ विन्दुमा पुगेको छ ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने २ कारोबार दिन बढेर बन्द भएको थियो। यस साता सेन्सेटिभ इण्डेक्स ६ दशमलव ८९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३ दशमलव २५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २ दशमलव ६६ अंक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ९ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ५६ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४.०८ प्रतिशत बढेको हो । यस साता दैनिक औषत सेयर संख्या ०.१२ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १०.३३ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब साढे १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ६४ अर्ब रुपैयाँ बढेर ४४ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । यस साता १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.१३ प्रतिशत बढेको छ। गत साता २३९७ दशमलव ७९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४६ दशमलव ९८ अंक बढेर २५४४ दशमलव ७७ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढको छ।
अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता १२ हजार २३१ दशमलव ६२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४१३ दशमलव ५१ अंक बढेर १२ हजार ६४५ दशमलव १३ विन्दुमा पुगेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस साता सर्वाधिक १.२६ प्रतिशत घटेको छ। गत साता २३१२ दशमलव २० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २९ दशमलव २१ अंक घटेर २२८२ दशमलव ९९ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४७ दशमलव ५५ अंक घटेको छ।













समाचार
इंग्ल्यान्ड क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
युनाईटेड अजोड इन्योरेन्सको साधारणसभा असार ३१ गते
काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान
अभियान लघुवित्त वित्तीयको साधारणसभा असार ३० गते
माउन्ट एभरेष्ट पावरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
रुपन्देहीमा बोरिङको भरमा धान रोपाइँ
युट्युब हेरेरै सुलोचना बनिन् व्यावसायिक कागती कृषक
सत्तरी लाखमा बन्यो स्वास्थ्यचौकी भवन