
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरू आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताएका छन् । नेपाल राष्ट्र बैंक धनगढी शाखाले आयोजना गरेको नेपाल उद्योग वाणिज्य महासंघ कैलाली, बैंक तथा वित्तीय संस्था, विभिन्न संघ संस्था, कृषि कर्जा लिएका ऋणी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफलमा गभर्नर पौडेलले यस्तो बताएका हुन् ।
उनले कोभिडलगायतका अन्य विभिन्न घटनाले अर्थतन्त्रमा केही समस्या पैदा गरेकाले समस्याको पहिचान गरेर समस्या समाधान गरिने जानकारी दिए । गभर्नर पौडेलले आफू गभर्नर भएर आएपछि जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्य लिएको बताए ।
जसअन्तर्गत मध्य पहाडी लोक मार्ग हुँदै जेठ २३ गतेदेखि सरोकारवालाको गुनासो सुन्दै धनगढी पुगेको उनले अवगत गराए ।
उनले भने, ‘सरोकारवालाका गुनासका आधारमा आगामी मौद्रिक नीति बनाउनेछु ।’ गभर्नर पौडेलले आर्थिक गति चलायमान बनाउन र समस्या समाधान गर्न बैंक तथा वित्तीय संस्था, व्यवसायी बीचको सम्बन्ध सुधारमा जोड दिए ।













समाचार
मदन भण्डारी कप भलिबलको उपाधि नेपाल पुलिस क्लबलाई
मितेरी पुलमा ११ किलोभन्दा बढी चरेससहित नेपाली नागरिक पक्राउ
गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति
विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी
मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै
तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास
दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० उपयुक्त गन्तव्य
सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम
आजदेखि काँग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था