आरबिबि फोकस ४० को इकाई खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको आरबिबि फोकस ४० को इकाई खरिद गर्नका लागि आज अन्तिम दिन रहेको छ । गत भदौ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको उक्त इकाई खरिदका लागि गर्ने आज (भदौ २४ गते) अन्तिम दिन रहेको छ ।

आरबिबि मर्चेन्ट बैंकिङ्गले प्रतिइकाई १० रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशनमा ल्याएको हो । आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० मा न्यूनतम १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्गका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

सो योजनामा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । १२ वर्ष अवधिको उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सिआस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार