
काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुपले अन्तर्राष्ट्रिय होटल समूह मेरिअट इन्टरनेसनलसँगको साझेदारीमा नेपालको लक्जरी आतिथ्य क्षेत्रमा ऐतिहासिक लगानी गर्दै ‘द रिट्ज-कार्लटन’ होटल ल्याउने घोषणा गरेको छ। यो लगानी नेपालको आतिथ्य क्षेत्रमा गरिएको सबैभन्दा ठूलो परियोजनामध्ये एक हुनेछ।
सन् १९८३ मा स्थापना भएको रिट्ज-कार्लटन ब्रान्ड हाल ३० देशमा १०८ भन्दा बढी होटल र रिसोर्ट सञ्चालन गर्दै आएको छ।
चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलले यस परियोजनामा रविन्द्र श्रेष्ठ (आईजे ग्रुप), सौरव शर्मा (शर्मा एन्ड कम्पनी), अमृत शाक्य र सञ्चित श्रेष्ठसँग साझेदारी गरेको छ। रिट्ज-कार्लटन काठमाडौंको भूमिपूजन कार्यक्रम शुक्रबार राजधानीको ठमेलमा सम्पन्न भएको थियो।
परियोजनामा १५० कोठा क्षमता सहित अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स र क्यासिनो सञ्चालन हुने योजना छ। दरबारमार्ग नजिक ठमेलमा ९ रोपनी जग्गामा विकास भइरहेको यस परियोजनाको अनुमानित लागत करिब १० करोड अमेरिकी डलर (१५ अर्ब रुपैयाँ) रहने बताइएको छ। परियोजना सन् २०२९ मध्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।
होटल सञ्चालनमा आएपछि प्रतिरातको शुल्क १ हजार अमेरिकी डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ, जसले नेपालको पर्यटन उद्योगलाई उच्च गुणस्तरीय गन्तव्यका रूपमा स्थापित गर्नेछ।
सीजी हस्पिटालिटी र साझेदारहरूले यस परियोजनामार्फत नयाँ सरकारको निजी क्षेत्रप्रतिको विश्वास र लगानी प्रवर्दन गर्ने लक्ष्यप्रति प्रतिबद्धता देखाएका छन्। परियोजनाले रोजगारी सिर्जना, लगानी आकर्षण र नेपालको विकासलाई अर्को स्तरमा लैजान मद्दत पुर्याउने अपेक्षा गरिएको छ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह