
पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा प्रेम केन्द्र (लभ प्वाइन्ट) निर्माण भएको छ । घुमफिर गर्दै फोटो खिचेर सामाजिक सञ्जालमा पस्कन रुचाउने युवकयुवतीलाई लक्षित गरेर लभ प्वाइन्ट निर्माण भएको हो ।
सदरमुकाम फिदिम बजारदेखि ७–१० मिनेटको दुरीमा फिदिम नगरपालिका र स्थानीयको लागतमा उक्त केन्द्र निर्माण गरिएको हो । उच्च स्थानमा निर्मित ‘केन्द्र’ बाट सदरमुकाम फिदिम, गढी र पल्लोटारसहितका स्थान सहजै देख्न सकिन्छ । फलामका पिल्लर र रड प्रयोग गरेर तीन तलामाथि उचालिएको केन्द्रको तेस्रो तलामा रेलिङ हालेर घाम ताप्दै गफ गर्न र बजार क्षेत्र नियाल्न मिल्ने गरी घेरबार गरिएको छ ।
टिनको छानाले छाइएसँगै यो स्थानमा पानी चुहिने र घाम हुने सम्भावना छैन । गर्मी याममा शीतल हुने र जाडोमा पनि घाम लाग्ने भएकाले यो स्थानमा लभ प्वान्ट स्थापना गरेको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले बताए । नगरपालिकाको पाँच लाख तथा स्थानीयको ७६ हजार रुपैयाँ लागत सहभागिता गरी पाँच लाख ७६ हजार रुपैयाँ खर्च भएको प्रमुख काफ्लेले जानकारी दिए ।
उनका अनुसार करिब एक महिनाअघि निर्माण सम्पन्न भएको यो स्थान छोटो समयमा आन्तरिक पर्यटकको रोजाइमा परेको छ । प्रायः साँझ बिहान र सार्वजनिक बिदाका दिन सामाजिक सञ्जाल र सञ्चार माध्यमको प्रयोजनका लागि फोटो भिडियो खिच्न सदरमुकाम आसपास र छिमेकी पालिकाबाट समेत आन्तरिक पर्यटक यहॉ आइपुग्छन् । फिदिम बजारदेखि डिभिजन वन कार्यालय, पत्रकार महासङ्घ पाँचथर शाखा हुँदै ओदिन, सामदिन र माथ्लोगाउ‘ जाने पैदलयात्रीसमेत यो स्थानमा पुगेपछि भारी बिसाएर आराम गरेपछि मात्रै आआफ्ना गन्तव्य जाने गर्छन् ।













समाचार
दुई विश्व कीर्तिमानी किलु : ब्रोड पिकमा कहिल्य नफर्किने गरि अस्ताए
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार