
काठमाडौं । नवनियुक्त शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यो जिम्मेवारी सन्चै सरकारको प्रवक्ताको जिम्मेवारी प्राप्त हुनु ठूलो अवसर र चुनौती भएको बताएका छन्। उनले यो जिम्मेवारी र पदीय दायित्व पदका रूपमा होइन, राष्ट्रको भविष्य निर्माण गर्ने शिक्षा प्रणालीको सुदृढीकरण, वैज्ञानिक सोचको विकास, प्रविधिमैत्री समाज निर्माण, साथै युवाशक्तिको सशक्तीकरण र खेलकुदमार्फत राष्ट्रिय गौरव अभिवृद्धि गर्ने जिम्मेवारीका रूपमा ग्रहण रुरेको बताएका छन्।
उनले भनेका छन् . विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा सम्पूर्ण युवापुस्ताका अपेक्षाहरूलाई आत्मसात गर्दै, गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी शिक्षा तथा युवामैत्री नीतिको प्रवर्द्धनमा पूर्ण प्रतिबद्धताका साथ लाग्ने प्रण गर्दछु।
वैश्विक प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादन, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन, र प्रविधिको प्रभावकारी उपयोगमार्फत राष्ट्र निर्माणमा टेवा पुर्याउनेछु। साथै, युवाहरूको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई सही दिशामा परिचालन गर्दै उद्यमशीलता, रोजगारी र नेतृत्व विकासका अवसरहरू विस्तार गर्नेछु। खेलकुद क्षेत्रको व्यावसायिक विकास, प्रतिभाको पहिचान र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सशक्त उपस्थिति सुनिश्चित गर्न दृढताका साथ अघि बढ्नेछु।
सम्पूर्ण नेपाली जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो। त्यो विश्वासलाई कहिल्यै टुट्न नदिने संकल्पका साथ, पारदर्शिता, उत्तरदायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नेछु। संवाद, सहकार्य र समन्वयमार्फत शिक्षा, विज्ञान, प्रविधि तथा युवा र खेलकुद क्षेत्रको समग्र रूपान्तरणमा इमान्दारीपूर्वक समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
उनले राष्ट्रपतिबाट मन्त्रीको शपथ मन्त्रालयको कार्यभार सहित सरकारको प्रवक्ताको भूमिका निर्वाह गरेपश्चार आफ्नो सामाजिक सञ्चाल फेसबुकमा स्टाटस लेख्दै यस्तो संकल्प गरेका हुन ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू