
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अबको तीन दिनसम्म अत्याधिक वर्षा हुनसक्ने पूर्वानुमान रहेको भन्दै शतर्कताका साथ यात्रा गर्न आग्रह गरेका छन् । विपी राजमार्गको अवलोकन एवं निरीक्षण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री घिसिङले बुधवार विपी राजमार्गको अवलोकन एवं निरीक्षण गरेका थिए। जसमा गत वर्षको बाढी र पहिरोले धेरै क्षति पुर्याएको र अहिलेसम्म पनि पुल र सडक नबनेकाले अब नयाँ अध्ययन गरेर काम अघि बढाइने र छिटो काम सम्पन्न गर्नेगरी अघि बढ्ने बताए । अब आउने हिउँददेखि विपी राजमार्गको सडक बनाउन शुरु गरिने बताए । सरकार अफ्ठ्यारो स्थिति रहेको भन्दै विषम परिस्थितिलाई सुरक्षित अवतरण गर्नु सरकारको चुनौति रहेको बताए । उनले अहिलेको सरकारले विकास निर्माणको कामसँगै राजनीतिक स्थिरता दिने बताए । आफूहरुले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाए । उनले छोटो समयमा धेरै विकास निर्माणका काम गर्नुपर्ने अवस्था रहेको बताए ।
मन्त्री घिसिङले भने, ‘विपी राजमार्ग र मुग्लिङ–नारायणगढ सडकमा धेरै ठूलो पानी पर्ने भन्ने पूर्वानुमान छ, त्यसले सबैले यात्रालाई सुरक्षित हिसावले शतर्कतासाथ गर्नुहोला । नेपाल सरकारले गर्नुपर्ने काम टेण्डर भइसकेको छ । अब आउने हिउँददेखि विपी राजमार्गको सडक बनाउन छिटो भन्दा छिटो गरेर पहिलाकै अवस्थामा ल्याउन पहल गर्नेछौँ । पक्की पुलहरु पनि गत सालको बाढीले बगाएको अवस्था छ । कसरी त्यसको विकल्प दिने र पक्की पुल कसरी बनाउने र कहाँ बनाउने भन्ने निरीक्षणमा हामी छौँ । रोशी खोलाको बेलिब्रिज भत्किएको अवस्था रहेछ, कसरी त्यसलाई सुचारु गर्ने भन्नेमा सोचिरहेका छौँ । धेरै जाम नहोस् भनेर निरीक्षणका लागि आएका हौँ । विपी हाइवे र मध्यपहाडी हाइवेमा जोड्ने पुलहरुको अवस्था खैरहनी घाटको पुल गत सालको बाढीले बगाएको थियो । त्यसलाई बेलिब्रिज कसरी तत्काल बनाउने भनेर अध्ययन गरेर अघि बढाउँछाँै ।’













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन