
काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लिभरपुललाई ३–० ले हराएको छ। प्रशिक्षक पेप ग्वार्डिओलाको करिअरको १ हजार खेलमा सिटी दमदार प्रदर्शनका साथ जित निकाल्यो ।
घरेलु मैदान इत्तिहाद रंगशालामा आइतवार सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड, निको गोनजालेज र जेरेमी डोकूले गोल गरे । हालान्डले सुरुवातमै पाएको पेनाल्टी गुमाए । यद्दपी उनले नै २९औं मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि भर्जिल भान डाइकले बराबरी गोल गरे। तर भिएआर परिक्षणपछि उनको गोल अफसाइडका कारण अस्वीकृत भयो ।
त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा गोनजालेजको प्रहार विपक्षी खेलाडीबाट डिफ्लेक्ट भएर गोल हुँदा सिटीले पहिलो हाफमै २–० ले अगाडि बढ्यो । ६३औं मिनेटमा क्लबसँगको आफ्नो १ सयौं खेल खेलिरहेका डोकूले आकर्षक गोल गर्दै जित पक्का गरे ।
यो जितपछि सिटी २२ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको आर्सनल भन्दा सिटी ४ अंकले मात्र पछि छ। लिभरपुल ११ खेलपछि १८ अंकसहित आठौं स्थानमा झरेको छ । आइतवारका अन्य खेलमा एस्टन भिल्लाले बोर्नमाउथलाई ४–१ ले, बेनफोर्डले न्युक्यासललाई र नटिङघम फरेस्टले लिड्सलाई समान ३–१ ले हराएको छ। क्रिस्टल प्यालेस र ब्राइटनले गोलरहित बराबरी खेलेका छन्।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह