
काठमाडौं। द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि हुने १२ औं एक्सेल्सियर कपमा ८२ टिमले भाग लिने भएका छन् । बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता निश्चित भएको एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
बास्केटबलको सिनियर ब्वाइज/गल्र्समा समान १०–१० तथा यु–१२ गल्र्समा ६ टिम सहभागी हुने छन् । सिनियर ब्वाइज/गल्र्समा कक्षा १० तथा यु–१२ मा कक्षा ६ सम्म अध्ययनरतले सहभागी हुन पाउने एक्सेल्सियरका बास्केटबल प्रशिक्षक आशिष महर्जनले जानकारी दिए । सिनियर ब्वाइजमा भ्याली भ्यु र सिनियर गल्र्समा स्वर्णिम गत संस्करणमा च्याम्पियन बनेका थिए । छात्रा खेलाडीको सहभागितालाई व्यापक बनाउदै उनीहरुलाई अझ प्रोत्साहित गर्ने उद्देश्यले यु–१२ विधा पहिलोपटक थपिएको प्रिन्सिपल रजकले बताए ।
‘फाइभ ए साइड’ स्वरुपको ब्वाइज फुटसलमा विभिन्न ४ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ । यु–९ मा ८, यु–११ मा १७, यु–१३ मा १८ र यु–१६ मा १३ टिमले प्रतिस्पर्धा गर्ने छन् । यु–९ मा राई स्कुल, यु–११ मा स्वस्तिश्री गुरुकुल, यु–१३ मा एक्सेल्सियर र यु–१६ मा रिब्स डिफेन्डिङ च्याम्पियन हुन् । प्रतियोगिता संयोजक समेत रहेका एक्सेल्सियरका खेलकुद इन्चार्ज महेश मल्ल ठकुरीले विद्यार्थीको चौतर्फी क्षमता अभिबृद्धि गर्न विद्यालयले शिक्षासंगै खेलकुद र अत्तिरिक्त क्रियाकलापमा विशेष जोड दिइरहेको बताए ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख रुपैयाँ खर्च हुनेछ । प्रतियोगिताका खेलहरु स्वयम्भूस्थित आयोजककै हातामा हुनेछ ।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय