
काठमाडौं । प्रयास मञ्च नेपालले पूर्व धावक हरिबहादुर रोकायालाई मंगलबार सम्मान गरेको छ । खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै रोकायालाई सम्मान गरिएको हो ।
एभरेष्ट म्यानराथनमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल रोकायाले नेपालको प्रतिनिधित्व २ ओलम्पिक, एसियाली खेलकुद, ४ दक्षिण एसियाली खेलकुदलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन् । रोकाया जुम्लामा एथलेटिक्स खेलाडी उत्पादनमा पनि सक्रिय छन् ।
सोही अवसरमा दक्षिण एसियाली भेट्रान एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता पुष्पलाल श्रेष्ठ र समाजसेवी बम भण्डारीलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक वैकुण्ठ मानन्धर, प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्की र गीतकार समेत रहेका भेट्रान धावक बुद्धवीर लामाले दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । त्यसै अवसरमा बुद्धवीर लामाले जुम्लाका एथलेटिक्स खेलाडीका लागि खेल पोशाक पनि रोकायालाई हस्तान्तरण गरेका थिए ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व