त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा, यात्रुलाई अग्रिम सम्पर्क गर्न आग्रह

काठमाडौं । दुई दिनदेखि अवरुद्ध रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो साढे तीन बजेदेखि पुनः सञ्चालनमा आएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थल सुरक्षा समितिको बैठकले बन्द भएको उडान सेवा पुनः सुरु गर्ने निर्णय गरेपछि विमानस्थल सञ्चालनमा आएको हो।

विमानस्थल खुलेसँगै प्रशासनले यात्रुहरुलाई आफ्ना टिकट खरिद गरेको ट्राभल एजेन्सी वा सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी मात्र विमानस्थलमा उपस्थित हुन आग्रह गरेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार