
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बहसबीना नै मत माग्ने प्रवृत्तिमाथि कटाक्ष गर्दै नीति र एजेण्डामाथि बहस गरेर मत मागिनुपर्ने बताएका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत धारणा राखेका उनले देश विकासका १० भिजनसहितका एजेण्डाबारे बहस गर्न नेपाली कांग्रेस तयार रहेको भन्दै प्रष्ट बुझेर निर्णय गर्ने स्वतन्त्रता नागरिकमा रहेको उल्लेख गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शुरु गरिएको चुपचाप मतदानको विषयतर्फ शंकेत गर्दै महामन्त्री पौडेलले भनेका छन्, लोकतन्त्रमा कुनै पनि विषयमा प्रष्ट जानेर र बुझेर आवश्यक निर्णय गर्ने स्वतन्त्रता सबै नागरिकलाई रहन्छ । उनले नेपाली कांग्रेस देशको अबको मार्गचित्रबारे प्रष्ट छ । देश निर्माणका १० भिजनबारे बहस गर्न आफूहरु खुला रहेको भन्दै यसमा आफूहरुले गर्व समेत गर्ने बताए । महामन्त्री पौडेलले लेखेका छन्, त्यसैले, ‘अब चुपचाप हैन फागुन २१ गते गर्वका साथ रुखमा छाप ।’













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना