काठमाडौं । भाटभटेनी सुपरमार्केटले दुखद क्षणबाट गुज्रिएपनि अझै आशा नहराएको जनाएको छ । जेनजी आन्दोलनमा आन्दोलनकारीेले भाटभटेनीको विभिन्न शाखामा आगजनी, तोडफोड, लुटपाट मच्चाउँदा अर्बौंको क्षति भएको छ ।
व्यवसायी मीन बहादुर गुरूङले काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको भाटभटेनीहरू अब पुन सञ्चालन हुन्छ हुँदैन भन्ने सशंय उत्पन्न भइरहेको बेला सुपरमार्केटले अझै आशा बाँकी रहेको बताएको छ । सामाजिक सञ्जाल फेसबुकमा विभिन्न ब्रान्चमा सामान चोरी, लुटपाट, आगजनीको भिडियो राख्दै सबैको साथले उठ्ने साहस दिइरहेको उल्लेख गरेको छ । पसलहरू ध्वस्त भएपनि सबैको साथले अझ माथि उठ्न मजबुत महसुस गरिरहेको बताएका छन् ।
अहिले जलेका भाटभटेनीमा हजारौं सहयोगी हातहरूलेसफा गर्न मद्दत गरिरहेको,आँसु पुसिरहेकाले फेरि आफूहरूलाई उठ्न शक्ति दिइरहेको बताएको छ। भाटभटेनी फेरि उभिने आशा राखेको छ । सबैको साथले भविष्यलाई अझ उज्वल बनाउने भाटभटेनीले आशा राखेको छ ।
