काठमाडौं । जेनजी आन्दोलनमा मृत्यु भएकाहरुको सम्झनामा आज मोन्लाम पाठ तथा दीप प्रज्वलन गरिने भएको छ । जेनजी आन्दोलनमा शहीद भएकाहरुको श्रद्धाञ्जलि अपण गर्नका लागि नेपाल बौद्ध महासंघको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
उक्त कार्यक्रम आज (मंगलबार) साँझ ६ बजे बौद्ध चैत्य परिसरमा हुन लागेको महासंघका महासचिव डेभिड मुगुमकान्नुसारले जानकारी दिए ।